Fever (ज्वरो)

ज्वरो(Fever) भनेको के हो ??

ज्वरो नाप्ने यन्त्रले शरीरको तापक्रम

  • कानको, कन्चटको, मलद्वारको –  १००. ४ º F  (३८.० º C )
  • मुखको १००º F  (३७.८ º C )
  • काखीको ९९ º F  ( ३७.२ º C )  भन्दा बढी देखायो भने शरीरमा ज्वरो छ भन्ने मान्नु पर्दछ।

६ महिना भन्दा मुनिको बच्चाको कानको तापक्रम लिनु त्यति उचित हुन्न ।  Infrared Thermometer   (शरीरमा नछोई तापक्रम नाप्ने यन्त्र ) ले लिइएको छाला तथा कन्चटको तापक्रम उचित हुन्छ ।

ज्वरो आउने कारणहरु के के  हुन् ? 

ज्वरो आफैमा रोग नभई केवल रोगको लक्षण मात्र हो। ज्वरोको निम्न कारणहरु हुन सक्छन।

  • भाइरल संक्रमणहरु (जस्तै : रुघाखोकी, झाडा )
  • ब्याक्टेरियल संक्रमण ( जस्तै: घाटी , पिसाबको संक्रमण )
  •  खोप लगाएको २४ घण्टा भित्र ज्वरो सुरु भएर १-२ दिन सम्म रहन सक्छ।   
  • जीवित खोप (MMR, ठेउला) लगाउदा ज्वरो १-४ हप्ताभित्र आउन सक्छ।
  • दात उम्रिदा ज्वरो आउदैन। 
  • भाईरल ज्वरो १०१ F -१०४  F सम्म आएर २-३ दिन सम्म रहन सक्छ। 

ज्वरोको उपचार कसरी गर्ने ?

१००º F -१०२º F सम्म

  • १०२º F सम्म ज्वरोको औषधी खुवाउन पर्दैन। शरीरमा असजिलो भएमा मात्र औषधि प्रयोग गर्ने।
  • बच्चालाइ सकेसम्म धेरै पानी पिउन दिने।
  • बच्चालाई पातलो लुगा लगाइदिने , सुत्दा पातलो ऒढ्ने प्रयोग गर्ने। धेरै बाक्लो प्रयोग नगर्ने।

पानिपट्टि  (Sponging) भनेको के हो र कसरि गर्ने ?

पानिपट्टि भनेको नरम कपडा भिजाएर शरीरको विभिन्न भागमा राख्ने एक प्रक्रिया हो।

पानिपट्टि ज्वरो १०४ F भन्दा बढेमा गर्न सकिन्छ ,तर यो अनिबार्य चाही होइन।  औषधि खुवाउदा पनि ज्वरो घटेन  भने स्पोंजिंग गर्न सकिन्छ। याद रहोस औषधिले ज्वरो नघटेमा मात्र स्पोंजिंग गर्नु पर्दछ। औषधिको प्रयोग नगरिकन स्पोंजिंग गर्नु कहिले पनि  हुदैन।

पानिपट्टि गर्दा कपडा मनतातो (85 – 90° F) (29.4 – 32.2° C)पानीमा  भिजाएर निदार, हात , खुट्टामा राख्न सकिन्छ।  स्पोंजिंग २० -३० मिनेट सम्म गर्न सकिन्छ।  यदि स्पोंजिंग गर्दा बच्चा चिसोभयो अथवा काम्न थाल्यो भने स्पोंजिंग गर्न रोक्नु पर्दछ र अलि तातो पानीको प्रयोग गर्नु पर्दछ।

ज्वरोको उपचार कहिले गर्ने ?

  • यदि बच्चाहरुमा  ज्वरो १०२.२ºF भन्दा बढी  भएमा  चिकित्सकलाइ देखाउने ।
  • ज्वरो घटाउने औषधि (paracetamol, Ibuprofen) बच्चाको तौल अनुसार सहि मात्रा  प्रयोग गर्न सकिन्छ।
  • २ महिनाभन्दा माथिको बच्चामा १०२ºF भन्दा माथि  ज्वरो आइ  ज्वरोको औषधी खुवाउदा  पनि तापक्रम नघटेमा बच्चालाई तुरुन्तै चिकित्सक कहाँ देखाउनु पर्दछ।

६ महिनादेखि ५ बर्षको बच्चालाई ज्वरो बढेको बेलामा जिउ काम्ने  र अररो पर्ने (छारे रोगको लक्षण) देखिन सक्छ।  यदि एक पटक यस्तो भएको छ भने फेरी पनि दोहोरिने सम्भावना बढी  हुन्छ। यस्तो लक्षण देखिदैमा बच्चालाई छारे रोग लागेको मानिदैन। यदि कसैलाई ज्वरो आएर जिउ असजिलो भएको छ भने ज्वरो कम गर्ने औषधि खादा आराम मिल्छ। ज्वरो कम हुदैमा जिउमा भएको रोग चाडै निको हुदैन। रोग पत्ता  नलगाइकन कुनै पनि औषधि सुरु गर्न हुदैन।  यसो गर्नाले शरीरलाई लाभ भन्दा बढी हानि गर्दछ।  यदि ज्वरो १०२ºF भन्दा कम भइकन पनि बच्चा सिथिल छ भने चिकित्सक कहाँ जाच गराउनु राम्रो हुन्छ। यदि ज्वरो १०५ºF काट्यो भने  आकस्मिक  उपचार केन्द्रमा सक्दो चाडो लानु राम्रो हुन्छ। 

२ महिना भन्दा मुनिको बच्चालाई चिकित्सक कहाँ देखाउने यदि :

  • मलद्वारको तापक्रम १००.४ ºF भन्दा बढी भएमा
  • बच्चा एकनासले  रोइरहेमा
  • निदाएको बच्चा बिउझिन गारो भएमा
  • गर्दन अररो भएमा
  • जिउ अररो पार्ने , काम्ने गरेमा
  • जिउमा कुनै डाबर देखा परेमा
  • सास फेर्न गारो भएमा
  • बच्चा सिथिल देखिएमा
  • आमाको दुध तान्न छोडेमा

टिप्पणी छोड्नुहोस्